परिचय

लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्ला यशोधरा गाउँपालिका वडा नं. ५ मा अवस्थित सुठौली भन्सार कार्यालय मूल भन्सार हुनुपूर्व कृष्णनगर भन्सार कार्यालय अन्तर्गत छोटी भन्सारको रूपमा संचालित थियो। माननीय अर्थमन्त्री डा. युवराज खतिवडा ज्यूबाट २०७५ आश्विन ८ मा समुद्घान भई मूल भन्सारको रूपमा स्तरोन्नति भएको हो। छिमेकी मुलुक भारतसँगको सीमानाभन्दा १ कि.मि. उत्तर करिब ७ कठ्ठा क्षेत्रफलमा यस भन्सार कार्यालयको कार्यालय अवस्थित छ। रंगपुर, गौरा, चाकरचौडा र दोहनी गरी यस भन्सार कार्यालयको मातहतमा ४ वटा छोटी भन्सार कार्यालयहरू रहेका छन्। हाल चाकरचौडा छोटी भन्सार कार्यालय संचालनमा छ।